सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकास्थित वीरगन्ज भन्सार कार्यलय अन्तर्गतको सिम्रौनगढ छोटी भन्सार कार्यालय विगत लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।भौतिक रूपमा भन्सार कार्यलय पूर्णरूपमा तयार भए पनि कर्मचारीको अभावमा खन्डरमा परिणत हुने अवस्थामा पुगेको छ ।भन्सार कार्यालय सञ्चालनमा नआउँदा स्थानीय व्यापारी तथा सर्वसाधारणले समस्या बेहोर्नु परेको र सरकारलाई पनि राजश्व संकलनमा घाटा भइरहेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन । राज्यले करोडौं लगानी गरेर स्थापना गरेको सिम्रौनगढ छोटी भन्सार कार्यलयबाट व्यापारी, किसान कसैले पनि लाभ लिन नसकेको स्थानीय मुसलिम अन्सारीले गुनासो गर्नुभयो । राज्यले लगानी गरेर तयार गरेको भवन जिर्ण अवस्थामा पुगेकाले यस तर्फ सरोकारवालाको यथाशीघ्र ध्यानाकर्षण हुन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्सार कार्यालयका कर्मचारी नियमित रुपमा उपस्थित नहुँदा भारतबाट अवैध रुपमा सामान आउने क्रम बढेको पनि बताउनुभयो ।