पुष्पराज खतिवडा
बारा
१४ फागुन २०७७
प्रदेश २ सरकारको निर्वाचन क्षेत्र नमुना योजना अन्तरगत जीतपुरसिमरा र कलैया दूई उपमहानगरपालिका जोड्ने ग्रामिण सडक कालोपत्र गर्ने कामको शिलान्यास गरिएको छ । सुक्रबार विहान प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले जीतपुरसिमरा उपमहानगरपालिका १८ को लामिडाँडामा शंकरचोक–सखुई करिब ५ किलो मिटर सडकको शिलान्यास गर्नु भएको हो ।
एक निर्वाचन क्षेत्र एक योजना कार्यक्रम अन्तरगत ८ निर्वाचन क्षेत्र मध्य जिल्लामै पहिलो आयोजना उद्घाटन भएको साहले बताउनु भयो । प्रदेश सरकारले पंचबर्षिय योजना अन्तरगत सडक, स्वास्थ्य , शिक्षा र खानेपानी लगायतको पूर्वाधार विकासका क्षेत्रमा देखीने गरी काम गर्न एक निर्वाचन क्षेत्र एक परियोजना अघि सारेको हो । उक्त कार्यक्रमको परिकल्पना आफुले गरेरको समेत साहले बताउनु भयो ।
टुक्रे योजनामा कनिका बजेट बाँडेको आरोप खेप्दै आएको प्रदेश सरकारले सोही परिकल्पना अनुसार प्रदेशको बजेटबाट सबै निर्वाचन क्षेत्रमा एकएक योजना पारेर देखीने विकासको काम सुरु भएको वहाँको भनाई थियो ।
पन्चबर्षिय योजना अन्तरगत यस आर्थीक बर्षमा ६ सय मिटर सडक निर्माण सम्पन्न हुनेछ । उक्त कामका लागि सुवेदी निर्माण सेवा तेलकुँवा बाराले प्रदेश सरकारसँग करिब ६५ लाखमा ठेक्का सकार गरेको छ । ३० मिटर चौडा सडकमा साँडे ५ मिटरमा डीविएसटी प्रविधिको कालोपत्रले गरिने ईन्जीनियर राजेश चौधरीले जानकारी दिनु भयो ।
सडक शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल,कलैया उपमहानगरपालिका २४का हरिलाल चौधरी , सुवेदी निर्माण सेवाका रामप्रसाद पटेल,साविक मनहर्वा गाविसका भुपु अध्यक्ष रामदयाल चौधरी, राष्टिय यूवा परिषद बाराका अध्यक्ष एवं यूवा नेता पुरुषोत्तम् साह, नेकपाका यूवानेता अशोक तिवारी स्थानिय सामाजिक अगुवा बसन्त खतिवडा ,गोपिकृष्ण खतिवडा, कुमार लामा ,भरत लोप्चन लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।