हेटौंडा – सरकारले गरेको लकडाउनमा मकवानपुर प्रशाशनले पक्षपात गरेको छ । प्रशासनले यहाँका क्रसरबाट उत्पादीत ढुङ्गा, गिट्टी, वालुवा ओसार पसारमा केही खुकुलो वनाएको छ । तर, गाउँबाट बजार सम्म किसानले उत्पादन गरेको तरकारी ल्याउनका लागि अझै केही स्थानमा अवरोध श्रृजना गरिएको छ । आज बिहानै देखि मकवानपुर गढी, मनहरी र हेटौंडाका क्रसर उद्योगका स्टक रहेका ढुङ्गा, गिट्टी, वालुवा ओसार गरिएको छ । बिहानबाट एक दर्जन भन्दा वढी टिपरलाई छुट दिइएको छ । टिपरमा वढीजसो ढुङ्गा ओसारीएको छ । त्यसपछी गिट्टी र वालुवा ओसारीएको हेटौंडा वजारका प्रतक्षदर्सीहरुले वताएका छन् ।

 

 

 

ट्याक्टरमा पनि नदिजन्य सामाग्रीको ओसार पसार वढेको छ । तर, मकवानपुर गढी गाउँपालिकाबाट अटोमा कोल्डस्टोरमा राख्नका लागि अटोमा ल्याइएको पाँच बोरा आलु हेटौंडा बजारमा ल्याउन नदिइकन भिमफेदी गाउँपालिकाको भैसेमा रहेका प्रहरीले अरोध गरेको स्थानीय वासिन्दाहरुले वताएका छन् । अहिले लकडाउनको समयमा बिकास निर्माणका कामलाई गर्न दिइने भनेपनि क्रसर उद्योग भने चल्न नदिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल वताउनुहुन्छ ।

 

 

 

क्रसर उद्योगका सामाग्री बोक्ने टिप्परलाई प्रशासनले पास उपलव्ध नगराएको उहाँले वताउनुभयो । कहाँ कुन सकडमा टिप्पर चलेको भन्ने आफुलाई जानकारी नभएको वताउनुभयो । बिकास निर्माण काम स्थानीय तहले गर्नका लागि मोडल तयार गर्न भनिएको प्रजिअ नेपालले वताउनुभयो । क्रसर उद्योगका टिपर भने गढी गाउँपालिकाबाट आएपनि मनहरीबाट र हेटौंडाको वसामाडीबाट आएपनि हेटौंडाको मुल सडकमा बसेका ट्राफिक प्रहरी, जनपथ प्रहरी र ससस्त्र प्रहरीले विना रोकतोक गन्तव्यमा जान दिने गरेका छन् ।

 

 

 

 

 

क्रसर उद्योग चलेका छैनन् । पहिले स्टक राखेका सामाग्री मात्र पठाइएको हो । यता गाउँबाट साना सवारीमा ल्याइएका तरकारी गाडीलाई भने ठाउँठाउँमा वसेका प्रहरीले केरकार गरेर दुःख दिने गरेको गुनासो गरेका छन् । यता मकवानपुरको उत्तरी क्षेत्र, पस्चिमी क्षेत्रमा पनि तरकारी ल्याउन समस्या भइरहेको वताएका छन् ।

 

 

लकडाउनमा नदिजन्य सामाग्री ओसार पसार गर्दा स्थानीय तहको राजस्वमा नोक्सानी
सरकारले गत चैत ११ गते देखि गरेको लकडाउनका कारण सवारीका साधन समेत वन्द हुँदा मकवानपुरका स्थानीय तहले संकलन गर्ने राजस्वमा कमी आएको छ । यता ढुङ्गा, गिट्टी, वालुवा ओसार गर्दा हेटौंडा उपमहानगरपालिका, गढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिकाको राजस्व संकलन गर्न समस्या भएको छ । लकडाउनमा सवारीका साधन वन्द हुने भन्दै कर्मचारी पनि राजस्व संकलनमा वस्न दिइएको छैन ।

 

 

 

मकवानपुर प्रशासनको मौखिक अनुमतीमा ढुङ्गा, गिट्टी, वालुवा बोकेका टिप्पर गुढ्दा तिनको राजस्व संकलनमा समस्या भएको हो । दिनहुँ दर्जनौ सवारीका साधनमा ढुङ्गा, गिट्टी, वालुवा ढुवानी हुँदा स्थानीय तहलाई राजस्व पनि दिनुनपर्ने वढी मुल्यमा पनि बिक्री गर्न पाउने अवस्था आएको छ । दश चक्के एक टिपरको ढुङ्गा, गिट्टी, वालुवाको राजस्व ४ हजार रुपैयाँ पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here