सखुवाप्रसौनी,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ को योजनाअन्तर्गत पाँच लाख रुपैयाँ लागतमा निर्माण हुने दुई कोठे महिला भवनको शिलान्यास गरिएको छ ।वडा नम्बर ५ का वडा अध्यक्ष विपिन मुखियाले एक कार्यक्रमका बीच उक्त महिला भवनको शिलान्यास गर्नुभएको हो ।
महिलाहरूको बैठक, तालिम तथा सामाजिक गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले महिला भवन निर्माण गर्न लागिएको वडा कार्यालयले जनाएको छ । भवन निर्माण भएपछि स्थानीय महिलाहरूलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ ।शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का अन्य जनप्रतिनिधिहरू तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले भवन निर्माणपछि महिलाहरूको सहभागिता र सक्रियता अझ बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।


















