कलैया,जेनजी युथ एण्ड बाराले प्रादेशिक अस्पताल कलैयामा सुधारको लागि १२ सुत्रीय मागसहित ध्यानाकर्षण पत्र पेस गरेको छ ।जेनजी युथ एण्ड बारा कलैयाका संयोजक सौरभ पाण्ड्ेयको नेतृत्वको टोलीले अस्पताल विकास समितिका अध्यक्ष जवाहिर अन्सारीलाई ध्यानाकर्षण पत्र पेस गरेको हो ।पत्रमा प्रादेशिक अस्पताल कलैयामा हाल हुँदै आएको पारम्पारिक चलन अन्त्य गरि अस्पताललाई सुधार गर्न चिकित्सकहरु आफनो जिम्मेवारी इमान्दारीपूर्वक वहन लेखिएको छ । सो पत्रमा सरकारी अस्पतालमा डिउटीमा रहदा निजी क्लिनिकमासमेत उपस्थित रहने गरेको पाइएको हुनाले, आफनो काम गर्ने समयमा सम्पूर्ण डाक्टर तथा कर्मचारीहरुले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न भनिएको छ ।
डाक्टर तथा अन्य कर्मचारीहरु बिदामा रहेको बेला उक्त स्थानमा अन्य डाक्टर तथा कर्मचारीको सेवा उपलब्ध गराउनु पर्ने भन्दै ध्यानाकर्षण पत्रमा सरकारबाट प्राप्त हुने ९८ प्रकारको निःशुल्क तथा बीमाको औषधी लाईनमा घण्टौ बस्दा समेत बिरामीले नपाउने अवस्था रहेकोले आवश्यक सुधार गर्नु पर्ने जनाइएको छ ।
‘जाँच गराउने क्रममा प्रयोगशाला तथा विभिन्न फाँटमा देखिएको आफन्तवाद र सिफारिस प्रथाको अन्त्य गरि टोकन प्रणाली लागु गर्नुपर्छ पत्रमा लेखिएको छ, राजनीतिक नियुक्ति बन्द गरी सबै प्रकारका बिरामिको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी चिकित्सक तथा कर्मचारीलाई पायक सेवा, सुविधा सामग्री तथा कार्य वातावरण समेत उपलब्ध गराउन ध्यानाकर्षण गराइन्छ ।’
जेन्जी एण्ड युथ अफ बारा कलैया उपमहानगर पालिकाका संयोजक पाण्डेको टोलीले सर्बदलीय छलफल गर्दै प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिका अध्यक्ष अन्सारीलाई पत्र बुझाइएको हो । यसअघि भएको छलफल कार्यक्रममा कलैया उपमहानगर पालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजयकुमार गुप्तालगायतको सहभागिता रहेको थियो ।



















