वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा नगद रकमसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्जको इनर्वाबाट वीरगन्जको बसपार्क हुँदै आइरहेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ३९ बर्षीय अमितकुमार गुप्तालाई पक्राउ गरेको हो । उनको साथबाट अण्डरवयरमा लुकाएर ल्याएको अवस्थामा तीन लाख रकम बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डेले जानकारी दिनुभयो । प्रहरीले गुप्ताले चलाएको ना. २८ प.५७५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । गुप्तालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि पर्सा प्रहरीले जनाएको छ ।