कलैया, बाराको कलैयामा भएको कार्यक्रममा ३४ जनाले रगतदान गरेका छन् ।कटिया स्टेशनको प्राङगणमा भएको कार्यक्रममा ३४ जनाले रगतदान गरेका हुन् । कटिया स्टेशन कलैया ४ बाराले आज कार्याक्रमको आयोजना गरेको हो ।रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । रक्तदान गर्नेहरुमा उपेन्द्र पटेल, लाल बाबु कुमार साह, कृष्ण मुरारी जयसवाल, सुमित कलवार, अर्जुन साह लगायतका रहेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए ।कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

 

Leave a Reply