सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित दुधौरा खोलामा अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् गरिको पाइएको छ ।खोलाबाट उत्खनन गरिएको नदीजन्य पदार्थ नजिकैको जंगलमा घाटगद्दी गरेको भेटिएपछि अवैध उत्खनन् भएको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य पदार्थ उत्खनन र बिक्रीको ठेक्का लगाइनसकेको र निषेधित अवधिसमेत कायम रहेको अवस्थामा अज्ञात समुहले ढुङ्गा, गिटी, बालुवाको अवैध उत्खनन गरेको हो । हरेक वर्ष असार १ देखि भाद्र मसान्तसम्म नदीमा उत्खनन गर्न रोक लगाइएको छ ।नगरपालिकाको एक प्रमुख आन्तरिक स्रोतको रुपमा रहेको खोलामा अवैध उत्खनन् भएको सूचना पाएपछि उपमहानगरपालिकाले जंगलभित्र घाटगद्धी गरिएको नदीजन्य पदार्थ जफत गरेको छ । जंगलमा नदीजन्य पदार्थ थुपारेर राखेको सूचना पाएपछि उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीको नेतृत्वको टोली जंगल पुगेको थियो ।जंगल पुगेलगत्तै सुवेदी नेतृत्वको टोलीले जंगलमा घाटगद्धी गरिएको बालुवा र ढुंगा उठाएर सिमरा ल्याएको छ । अवैध ढंगले खोला उत्खनन् गरेर जंगलमा थुपारेको भेटिएपछि नदीजन्य पदार्थ जफत गरेर वडा नं. २ को कार्यालय अगाडि राखिएको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।अधिकृत सुवेदीले ५० ट्रिपभन्दा बढी बालुवा र ढुंगा ल्याएको र ल्याउने क्रम जारी रहेको बताउनुभयो । उहाँले खोलामा भएको अवैध उत्खनन्को विषयमा छानविन भईरहेको र संलग्न व्यक्तिको पहिचान गरेर कारबाही प्रक्रिया अघि बढइने बताउनुभयो ।उपमहानगरपालिकाको कार्यालयबाट ठेक्का स्विकृत नभएसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने भएपनि अवैधरुपमा हुने उत्खनन् रोकिएको छैन् । केही दिन अघि मात्रै जीतपुरसिमरा वडा नम्बर ४ र १४ लाई जोड्ने दुधौरा खोलामा संचालित बालुवा प्रशोधन केन्द्रबाट अवैधरुपमा उत्खनन् गरी थुपारिएको बालुवा जफत गरिएको थियो ।उपमहानगरपालिका अन्तर्गत पर्ने खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी भईरहदा सरोकारवाला निकाय भने मौन देखिन्छन् । रातीको समयमा हुने अवैध उत्खनन् र ढुवानी नियन्त्रणमा सम्बन्धित पक्षले चासो देखाएको पाइदैन् ।
तस्बिर सौजन्य ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here