काठमाण्डौं,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलवार दिउसो नतिजा प्रकाशित गरेको हो ।नतिजा प्रकाशित गर्न बसेको दिउँसो बोर्डको बैठक बसेको थियो । बोर्डको बैठक सकिएलगत्तै नतिजा सार्वजनिक गरिएको हो ।नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकोमा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) र ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका छन् । गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ननग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म ननग्रेड भएका विद्यार्थी मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउछन् ।ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट धधध।लभद।नयख।लउ र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ।


















