कलैया,बाराको मटिअर्वास्थित सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको छ ।सशस्त्र प्रहरी मुख्यालयले मटिअर्वास्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी योगराज दाहालको सरुवा गरेको हो ।दाहालको ठाउँमा सशस्त्रको मुख्यालयले प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको छ ।मुख्यालयको जिम्मेवारी सम्हालेको आएको दुई महिना नपुग्दै डीएसपी दाहलको सरुवा भएको हो ।डीएसपी दाहालले तस्करहरुसंग आर्थिक लाभ लिएर तस्करी गराएको गुनासो पुगेपछि मुख्यालयले सरुवा गरेको बताइएको छ । डीएसपी दाहालले किराना समान ओसार्नेसंग प्रती साईकल महिनाको पाँच हजार र मोटरसाईकलसंग दस हजार महिनावारी असुल गर्दै आएको स्रोतले दाबी गरेको छ ।डीएसपी दाहालले भने आफुले कसैसँग आर्थिक लाभ नलिएको दाबी गर्नुभएको छ ।

Leave a Reply