जीतपुर,ठेक्का नैं नलागेको पट्के सवारी कर ठेकेदारले उठाइरहे पनि जीतपुरसिमरा उपमहानगरपालिका भने मौंन बसेको छ ।

ठेकेदार एच एण्ड जे ट्रेडर्स बिरगंजको बिलबाट जनही २ सय रुपैयाँ उठाउदै आएको हो । भारतबाट सामान लिएर आएका एक भारतीय गाडी डब्लु.बी.०७.के.०१९१नम्बरको चालक उमा सिँहले ठेकेदारले परवानीपुर, ज्योतीफार्म नजिकको सड्क खण्डबाट ठेकेदारका मान्छेले आफूसँग २ सय रुपैयाको रसिद काटेको बताउँनुभयो ।

उपमहानगरपालिका क्षेत्रभित्र उत्पत्ति, संकलन तथा व्यवसायिक उपयोग र कारोबार हुने जडिबुटी, कबाडी तथा जीवजन्तु कर उठाउनको लागि ठेकेदार एच.एण्ड जे ट्रेडर्स वीरगंज २१ लाई जिम्मा दिएको छ । तर उक्त ठेक्का कम्पनीले नियम विपरीत पट्के सवारी कर उठाईरहँदा पनि उपमहानगरपालिका देखेर पनि नदेखेझैं गरिरहेको स्थानीयको आरोप छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा अधिकृत राम शर्माले पट्के सवारी करको ठेक्का नलागेको जानकारी दिनुभयो । उहाँले ठेक्काको लागि सात दिने सूचना आह्वान भएको तर, ठेक्का नलागि सकेको अवस्था रहेको बताउँनु भयो । एच एण्ड जे ट्रेडर्सलाई पट्के सवारी कर असुल्ने जिम्मा नदिएको उहाँले बताउँनुभयो ।

Leave a Reply