वीरगन्ज,पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई सङ्घकै कार्यकक्षमा एक समारोहबीच २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगन्जको अवधारणा अनुसार वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा गठित सेफर वीरगन्जलाई २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नुभएको हो । उहाँले सिसिटिभी क्यामेराबाट वीरगन्ज नगरको सुरक्षा व्यवस्थामा थप सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । संसद यादवले.१० लाखको लागतमा सिसिटिभी क्यामेरा उपलब्ध गराउनुभएको हो ।

यसैगरी उहाँले रजत जयन्ती चोकदेखि परवानीपुर चोक हुँदै ड्राईपोर्टसम्मको ट्राफिक लाईटको आवश्यकता देखिएका चोकहरुको पहिचान गर्न र लाईनको व्यवस्थापनको लागतको अध्ययन गर्न प्रहरी उपरीक्षकसँग आग्रह गर्दै सो कार्यकोलागि आफुले पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष गुप्ताले सिसिटिभी क्यामेरा वीरगन्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगन्ज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भइ शिघ्र संचालनमा आउने जानकारी दिनुभयो । यसैगरी वीरगन्जको शान्ति सुरक्षालाई मध्यनजर गरी सङ्घको अग्रसरतामा वीरगन्जमा जडान भएका सिसिटिभी क्यामरा संचालनको लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्न पनि उहाँले पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सहजीकरण सङ्घका महासचिव तथा सेफर वीरगन्ज समितिका सभापति मनोजकुमार दासले गर्नुभएको थियो ।

Leave a Reply