सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थामा सहकारी व्यवस्थापन सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । साना किसान लघुवित्त विकास बैंकको समृद्धि कार्यक्रम अन्तर्गत प्रशिक्षण सम्पन्न भएको हो ।सहकारी संस्थाको उद्देश्य तथा सेवा प्रवाह, संचालक समितिको भूमिका, कर्मचारीको दायित्वलगायतको विषयमा दक्ष बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । दुई दिने प्रशिक्षणमा सहकारी विज्ञ प्रकाश पाण्डेले सहजीकरण गर्नुभएको थियो ।तलिममा सहकारी संस्थामा सुशासन कायम गर्ने, समाजप्रतिको उत्तरदायित्व बहन गर्ने, उदेश्यमा केन्द्रीत हुनेलगायत विभिन्न प्राविधिक विषयमा प्रशिक्षित गराईएको घण्टीमाई सहकारीकी सूचना अधिकारी अस्मिता शर्माले जानकारी दिनुभएको छ ।प्रशिक्षणमा संस्थाकी अध्यक्ष कोपिला सिंखडासहित संचालक समिति, कर्मचारी र लेखा समितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।