कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले शनिवार राती चिरान काठसहित एउटा साइकल नियन्त्रणमा लिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको रामभौरीभाठा सेक्टरबाट रेन्जर नरेश राय र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले ठोरी गाउँपालिका वडा नम्बर ४ को नेपाल भारत सीमा क्षेत्रको दशगजा नजिकबाट ८ थान सालको चिरान चौकस काठसहित एउटा साइकल नियन्त्रणमा लिएको हो । गस्ती टोलीलाई देख्नासाथ तस्कर काठ र साइकल फालेर भागेकोले उनीहरुलाई पक्राउ गर्न नसकिएको गस्ती टोलीले जनाएको छ ।

बरामद गरिएको काठ र साइकल आवश्यक कारबाहीको लागि रामभौरीभाठा सेक्टर गडुवालाइनमा राखेर थप अनुसन्धान भैरहेको रेन्जर रायले जानकारी दिनुभयो ।

Leave a Reply