निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीमा नवनिर्वाचित सदस्य तथा पदाधिकारीहरुले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन ।

निजगढस्थित पार्टी प्यालेस एंव निजगढ व्याङ्गकुटमा आयोजित नगर कमिटी घोषणा सभा कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाराका सहसचिव एंव नगर अधिवेशन अध्यक्ष मण्डलका संयोजक गोविन्द पौडेले नगर कमिटी अध्यक्ष सुरत पुरी लगायत अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएकोे हो ।

कार्यक्रममा एमाले प्रदेश नम्बर २ का सदस्य अम्बिका चौलागाई, एकबहादुर श्रेष्ठ, जिल्ला कमिटी सदस्य लिला लामिछानेले नवनिर्वाचित कमिटीका सदस्य तथा पदाधिकारीहरुको सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर कमिटीका अध्यक्ष सुरथ पुरीले पार्टीको विकास र विस्तारको लागि आफूले इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

गत मंसिर ४ गते भएको प्रथम नगर अधिवेशनको बन्द सत्रले दिएको अधिकारको प्रयोग गरेर अध्यक्ष मण्डलका सदस्यको सोमबार भएको बैठकले नगर अध्यक्षमा पुरी, उपाध्यक्षमा भोलाप्रसाद गौतम, सचिवमा तिलक घलान र सहसचिवमा थानेश्वर सापकोटा ‘अविरल’ तथा मनमाया विकलाई चयन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here