सिमरा,सिमरामा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेलले उद्धाटन गरेको साधारण सभालाई सहकारी अभियान्ता मुकुन्दबहादुर क्षेत्री, घंन्टिमाई साकोसको पूर्वअध्यक्ष कोपिला सिंखडालगायतले सम्बोधन गरेका थिए ।संस्थाले सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा सहकारीका कर्मचारीहरुलाई संम्मानित गरेको थियो । संस्थाले आफना सेयर सदस्यहरुलाई १२ प्रतिशत बनोस र करुवा उपहार दिएको थियो । संस्थाको संस्थागत प्रतिबेदन अध्यक्ष बेनीप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन प्रेम बस्नेतले गर्नुभएको थियो ।

















