स्वास्थ्य मत्रालयको पछिल्लो जानकारी अनुसर नेपालमा पनि ओमीक्रोनका दुईजना संक्रमितहरु भेटिएका छन् । ओमीक्रोन भनेको कोरोना भाइरसको नयाँ संक्रमण हो, जसको संक्रमण एकदमै तीव्र हुने विज्ञहरुले बताइ सकेका छन् । यो हिसावले कोरोनाको यसअघिका भेरियन्टभन्दा यो खतरनाक रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण भएको पनि तीन वर्ष हुनै लागेको छ । यो क्रममा नेपालले कोरोनाबाट धेरै क्षति बेहोर्नु परेको छ । मानवीय सहित आर्थिक र सामाजिक क्षेत्रमा यो असर एकदमै परेको थियो र अब नेपालमा भित्रिएको ओमीक्रोनले पनि नसताला भन्न सकिदैन । त्यसैले पनि बेलैमा सावधानी र सर्तकता अपनाउन आवश्यक छ ।

यो भित्रिसकेको अवस्था भएकाले डराउनुभन्दा पनि सावधानी र सर्तकता अपनाउन आवश्यक छ । नेपालमा फैलिन सक्ने ओमीक्रोनबाट बच्नका लागि सावधानी अपनाऔं । सतर्कता अपनाऔं । आत्तिने काम कम गरौं । यसो भएको खण्डमा मात्रै पनि कोरोनाको यो पछिल्लो भेरियन्टबाट जोगिन सकिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here