इन्दिप कोइराला,
बारा २३ भदौ । गायक निशान भट्राईको मं त तिम्रै हुं गीतको म्युजिक भिडियो आज रिलिज गरिदै छ । गायक तथा संगितकार विकास पाण्डेको शब्द संगितमा निर्माण भएको म्युजिक भिडियो निशान भट्टराईको अफिसियल च्यानल मार्फत आज रिजिल गर्न लागिएको हो । गीतको बिमोचन गर्न निर्माण पक्षले सिमरामा आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

बि.एस. मेकर स्टुडियो सिमराले निर्माण गरेको गीतमा गायक निशान भट्राई र गायिका किसु थापाले स्वर दिनुभएको छ । गीतको एरेन्ज अभि अमृत लुवागुन, एडिसनल एरेन्ज एन.एस आर्या, मिक्स÷मास्टर मृत्युञ्जोय दासले गर्नुभएको हो । अफिया म्युजिक रेकर्डिङ स्टुडियो हेटौंडामा रकेर्ड भएको म्युजिक भिडियोमा युवराज केशरी र रीतु चौधरीले अभिनय गर्नुभएको छ । म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गर्नुभएको हो ।
यसैगरी सहायक निर्देशकमा राजिव चौधरी, सहायक छायांकन श्यामुल फेथ, परिकल्पनाकारमा विकास पाण्डे, निर्मातामा प्रदिप गौतम, प्रोडक्सन म्यानेजरमा विजय ठाकुर, मेकअपमा सम्झना महतो रहंनु भएको छ । भिडियो निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा पार्कमा छायांकन गरिएको निर्माता प्रदिप गौतमले जानकारी दिनुभयो ।


















