नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमाले कलैया उपमहानगर पालिका वडा नम्बर ४ को वडा अधिवेशन आइतवार सम्पन्न भएको छ ।
अधिवेशनको नेकपा एमालेको केन्द्रीय सद्स्य महमद .समीर अन्सारीले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा एमालेको भातृ संघठनको रुपमा रहेको राष्ट्रिय खेलकुद महासङ्गका अध्यक्ष एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेस सदस्य बिनोद साह, अध्यानन्द पाण्डेय, कलामुद्दिन अंसारी, एम.समिउल्लाह, धुरी साह, राजमहम्मद राय लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समीरले वर्तमान गठवन्धन सरकार धेरै दिन नटिक्ने बताउनु भयो । देशमा बाढी पीडित, वर्षाले कृषकहरुको धान बाली नष्ट भएको एक महिना बित्न लागिसक्दा पनि सरकारले पिडीतलाई क्षतिपूर्ति उपलब्ध गराउन नसकेको आरोप लगाउनुभयो । एमालेको दुई तिहाईको सरकारलाई पार्टीकै केही गद्दार नेताबाट भएको विश्वासघातका कारण नेकपा एमाले विभाजन भएको पनि उहाँले बताउनुभयो । अधिवेशनले निरज साहको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ बिजुलपुरका पुराना कम्युनिष्ट नेता .बिश्वनाथ सहनीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा सङ्ग नेपाल कलैया नगर अध्यक्ष पप्पु साहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
फेटामा पनि वडा अधिवेशन
बाराको फेटा गाउँपालिकाको वडा नम्बर ५ र ६ मा नेकपा एमाले पार्टीको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेकपा एमालेको केन्द्रीय सदस्य महमद समीरको प्रमुख अतिथ्यतामा अधिवेशन आयोजना भएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सद्स्य समीरले आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टीका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताउनु भयो ।
अधिवेशनले वडा नम्बर ५ को अध्यक्षमा सरफुलाह अंसारी र उपाध्यक्ष किशोरी सहनी चयन हुनु भएको छ । त्यसैगरी फेटा गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा मुस्ताक अंसारी र उपाध्यक्षमा मह्स्मद आशिक मिया चयन हुनु भएको छ । सो अवसरमा नेकपा एमालेका नेताहरु अध्यानन्द पाण्डे, जिल्ला कमिटी बाराका उपाध्यक्ष विनोद साह लगायतको उपस्थिति रहेको थियो ।