सिम्रौनगढ,बाराको सिम्रौनगगढ नगरपालिकास्थित ग्लोबल आइएमी बैंक शाखा प्रमुख किशोरकुमार चौधरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।विगत साडे चार वर्षदेखि सिम्रौनगढ शाखा प्रमुखको रुपमा काम गर्दैआउनुभएका चौधरीको सरुवा भएपछि सहकर्मी कर्मचारीहरुले मंगलवार उहाँको बिदाई गरेका हुन ।ग्लोबल आइएमी सिम्रौनगढ शाखाका आर एम सोनालाल महतो, सहायक शाखा प्रबन्धक अजितकुमार यादवले चौधरीलाई खादा ओढाएर सम्मानसहित बिदाई गरेका हुन । सो अवसरमा बैंकका कर्मचारीहरु उमेश चौधरी, हसबुल रैन, शशी कुमार, समाजसेवी नुराजम सिद्दिकीलगायत स्थानीय भद्रभलादमीहरुले प्रबन्धक चौधरीको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।चौधरीको रौतहट जिल्लाको सदरमुकाम गौरमा सरुवा भएको छ ।सिम्रौनगढ शाखा प्रबन्धकमा भने यम मैनाली आउनै तयारी भएको कार्यक्रममा जानकारी दिइएको छ ।

Leave a Reply