कृष्णउदास खनाल
गोरखा (भच्चेक),मंसिर ४ आउन अब तीनदिन बाँकी रहदा गोरखाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई मत दिन यहाँका मतदाताहरु आतुर देखिएका छन् ।
माओवादी इत्तरका मतदाताहरु शुरुमा प्रचण्डलाई मत नदिने मुडमा रहेपनि पछि पार्टीको निर्देशन अनि प्रचण्डको व्यक्तित्वका कारण मत दिन हतारिएका हुन् । अजिरकोट ३ टारका रामबहादुर भुजेलले प्रचण्डको बिकल्प सोच्न नसकिने बताउनुभयो । पूर्वप्रधानमन्त्री भएकाले र माओवादीको अध्यक्ष भएकाले पनि प्रचण्डको बिकल्प नभएको बताउनुभयो । यस्तै बेपत्ता चन्द्रप्रसाद खनालकी धर्मपत्नी पित्तकुमारी खनालले पनि प्रचण्डको उम्मेदवारी आफूहरुका लागि गर्वको कुरा भएकाले मंसिर ४ को पर्खाइ भइरहेको बताउनुभयो ।
प्रचण्डले चुनाव जितेर गएपछि अमुल परिवर्तन हुनेमा आफूहरु बिश्वस्त रहेको यहाँका मतदाताहरुको भनाइ छ । मतदाताहरुले प्रचण्डले जितेपछि पाँच बर्षमा यस क्षेत्रको सडक स्तरउन्नती सहित स्वास्थ्यमा सुधार हुनेमा बिश्वास लिएका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष बावुराम अधिकारीले पनि प्रचण्डको उम्मेवारी गोरखा २ का लागि अवसर भएकाले प्रचण्ड र गठबन्धनको जित नै यस क्षेत्रको बिकासको आधार भएकाले मतदाताहरु मत दिन आतुर भएको बताउनुभयो ।
पाँण्डेप्रति पनि उस्तै
गठबन्धनबाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट उठेका सुरेन्द्र पाँण्डेलाई मत दिने सवालमा पनि मतदाताहरु उत्साहित देखिएका छन् । जित गठबन्धनको भएकाले अब पाँण्डेको पनि प्रदेशमा बिकल्प खोज्न नसकिने बताएका छन् । मतदाता डिलमान गुरुंगले प्रदेशमा पाँण्डेको बिकल्प नभएको र जितपछि यस क्षेत्रको मुहार फेरिने बताउनुभयो । केही समयअघि पाँण्डेका लागि नखुलेका माओवादीका तल्ला तहका शुभिचन्तकहरु समेत अब पाण्डेलाई जिताएर मुख्यमन्त्री बनाएर यस क्षेत्रको मुहार फेर्नुपर्ने भन्दै प्रचारमा खटिएको देखिएको छ ।