सिमरा,लायन्स क्लब अफ सिमरा युथले वीरगञ्जमा सम्पन्न प्रथम अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधि उचालेको छ ।वीरगञ्जस्थित हाम्रो फुटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधि उचालेको हो ।सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको हो । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सिमराका लागि वर्ष २०२२÷२३ का अध्यक्ष दिवाकर भण्डारी एक्लैले पाँच गोल गरे । यसैगरी उमेश चौलागाईले तीन र रमेश सुवेदीले एक गोल गरेका थिए ।विजेता तथा उपविजेता टिमलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवाल, सेक्रेटरी बासु तिमिल्सिनाले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । अग्रवालले विजेता क्लब सिमरा युथका अध्यक्ष त्रिलोकबिक्रम शाहलाई ट्रफी हस्तान्तरण गरेका थिए ।लायन्स क्लब अफ वीरगञ्ज परिवारले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका लायन्स क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब सिमरा युथ, कलैया, वीरगञ्ज परिवार, वीरगञ्ज मिलेनियम, आदर्शनगरलगायतले सहभागिता जनाएका थिए ।



















