हरेक वर्षको जेठ २२ गते विश्व वातावरण दिवस मनाउने गरिन्छ । विश्वभर मनाउने गरिएको यो दिवस यसपाली नेपालमा पनि सोमवार मनाइएको छ । सोमवार तामझामका साथ यो दिवस मनाइएको भएपनि व्यवहारिक रुपमा भने जसरी यो दिवस मनाइनु पर्ने थियो त्यसो हुन सकेन । हरेक वर्ष यो दिवस मनाइन्छ तर वातावरण भने दिनप्रतिदिन बिग्रदै गइरहेको छ ।हुनत वातावरण सपार्ने विषय केवल नेपाल वा मध्य तराईका बारा र पर्साका नागरिकहरुको मात्रै हातमा छैन । यसका लागि त सिंगो विश्वले नै नीति बनाउनु पर्दछ । त्यसो त विश्वले बनाएको नीतिको एउटा पाटोको रुपमा यो दिवस पनि हो तर यो दिवसको महत्व नागरिक तवरमा अझै पुग्न भने सकेको छैन । वातावरण संरक्षण गर्ने दायित्व केवल सरकारको मात्रै हो भन्ने भ्रम नागरिकहरुमा छ । यो भ्रम हटाउन आवश्यक छ ।यसका लागि स्थानीय स्तरमा पनि कार्यक्रम हुन आवश्यक छ । स्थानीय स्तरमा पनि कार्यक्रम भएको देखिन्छ तर बाराकै कुरा गर्ने हो भने यहाँको मुख्य वातावरणका लागि आवश्यक पर्ने वन मासिदै गइरहेको छ । वनको संरक्षण नै वातावरण जोगाउने एउटा पाटो हो । त्यसैले पनि वनको संरक्षण र वृक्षारोपण आवश्यक रहेको कुरा नागरिक स्तरमा पुर्याएको खण्डमा पक्कै पनि वातावरणलाई धेरै हदसम्म जोगाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here