वीरगन्ज,अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगिता २०७८ मंगलबारबाट वीरगन्जमा सुरु भएको छ । नेपाल राष्ट्र बैँक कर्मचारी संघ वीरगन्ज समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा २३ वटा बैँकहरुले प्रतिस्पर्धामा सहभागी हुने भएका छन् ।

वीरगन्जको आदर्शनगर रंगशालामा भइ रहेको अन्तर–बैँक फुटबल प्रतियोगीताको उद्धघाटन राष्ट्र बैँकका डेपुुटी गभर्नर बमबहादुर मिश्राले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्र भने नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगन्ज समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । मंगलबार भएको पहिलो दिनको खेलमा राष्ट्र बैँक र नेपाल इनभेष्टमेन्ट बैँकबीच प्रतिस्पर्धा भएको थियो ।

३० मिनटको खेलको प्रतिस्पर्धामा नेपाल राष्ट्र बैँकले नेपाल इनभेष्टमेन्ट बैँकलाई शुन्यको विरुद्ध १ गोल गरी जित हासिल गरेको छ । ५ दिनसम्म निरन्तर जारी रहने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई सम्मान सहित पुरस्कृत गरिने राष्ट्र बैँक कर्मचारी समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता पुस ३ गतेसम्म आर्दशनगर रंगशालामा जारी रहनेछ ।

Leave a Reply