कलैया,बाराको कलैयामा मंगलवार बिहान मृत भेटिएका पुरुषको पहिचान साँझसम्म पनि खुल्न सकेको छैन । कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित जानकी सिनेमा हलअगाडि एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।शव फेला परेलगत्तै उनको पहिचान गर्न बारा प्रहरीले प्रयास गरिरहेको छ । तर मंगलवार साँझसम्म पनि शवको पहिचान र घटनाको बारेमा अन्य थप कुरा खुल्न नसकेको प्रहरीको भनाई छ ।बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मृत भेटिएका पुरुषको पहिचान गर्ने प्रयास भईरहेको बताउनुभयो । मृतकको शरिरमा देखिएको चोटपटकबाटको आधारमा उनको हत्या गरी फालिएको हुनसक्ने आशंका रहेको प्रवक्ता न्यौपानेको भनाई छ ।शव भेटिएको स्थान र शवको प्रकृति हेर्दा हत्या गरेको हुनसक्ने भएपनि अनुसन्धानपछि मात्रै आधिकारिक पुष्टि हुने न्यौपानेले बताउनुभयो ।

















