कलैया,बारा प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत बाराबाट कैद र जरिवाना भइ फरार भएका २ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई पक्राउ गरेका जनाएको छ । प्रहरीले लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुरसिमरा ५ बस्ने सुनिल पासवानलाई पक्राउ गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाउनुभयो ।उहाँका अनुसार जिल्ला अदालत बाराबाट २० दिन र ३ महिना १९ दिन कैद भइ फरार भएका २ जनालाई शुक्रवार पक्राउ गरिएको हो । जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो ।यसैगरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

Leave a Reply