जनकपुरधाम,जानकी मन्दिरको प्रांगणमा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर (होडिङ्ग बोर्ड) युवाहरुले हटाएका छन् ।प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्व र सौन्दर्यतामा आँच आएको भन्दै उनीहरुले हटाएका हुन् । युवा नेता सरोज मिश्रसहितका युवाहरूको समूहले मंगलबार बिहान सो ब्यानर हटाएका छन् ।उनीहरुले मुख्यमन्त्रीको साथै एउटा मोटरसाइकल कम्पनीले राखेको विज्ञापनको बोर्ड पनि हटाएका हुन् ।सार्वजनिक महत्व, पर्यटन प्रर्वद्वन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताउनुभयो । जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उहाँले बताउनुभयो ।सरोकारवाला निकायहरु लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरुले हटाएको मिश्रले बताउनुभयो ।
Home स्थानीय समाचार मुख्यमन्त्री सरोज यादवको तस्वीर अंकित होडिङ्ग बोर्ड जानकी मन्दिरको प्राङ्गणबाट हटाइयो



















