निजगढ,कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले शनिवार निजगढमा तालिममा सहभागी बनेर सीप लिएकाहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।केन्द्रमार्फत विभिन्न विधामा सीप लिएका बारा, पर्सा र रौतहट जिल्लाका ३ सय ८८ जना उद्यमीहरुलाई एकै स्थानमा भेला गराएर अनुभव आदान प्रदान कार्यक्रममा प्रमाण पत्र वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले आजको समयमा सीप बिना मानिसको जीवन निरर्थक हुने बताउनुभयो । कुशल तालिम केन्द्रले सीप प्रदान गरेर स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको र यसले देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको मैनालीले बताउनुभयो ।कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले आर्क वेल्डर, प्लम्बर, राजमिस्त्री, मोटरसाइकल सर्भिस मेकानिक्स, टेलरिङ्ग, व्युटिसियन, इलेक्ट्रिसियन, बेमौसमी तरकारी खेती जस्ता ८ वटा बिधामा ३ सय ८८ जना उद्यमीहरुलाई तामिम प्रदान गरेको थियो ।कार्यक्रममा निजगढ नगरपाकिलाका प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, निजगढ नगरकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी केन्द्रका संन्तोष दङ्गाल, रविराज दङ्गाल, रास्वपाका रामहरी खरेल, राप्रपाका खडकप्रसाद उप्रेती, नेकपा एसका भिमसेन सापकोटा लगायतले कुशल परामर्शले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, निजगढकी उपप्रमुख सोममाया थिङ्ग, समाजसेवी सावित्री भारतीलगायतलाई सम्मानसमेत गरिएको थियो ।संस्थाका निर्देशक सरोज कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply