गौर,रौतहतको फतुवा विजयपुरनगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत बिरगंज अल्पकालिन आदेश जारी गरेको छ ।आर्थिक वर्ष २०८०-०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।फतुवा बिजयपुर वडा नम्बर १ का बिजयकुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश गरेको छ । न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेवप्रसाद चौधरी र अधिवक्ता विशाल चौधरीले बहस गरेका थिए ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटीरहेको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।
कारोबारमा कुनै पनि चेक नकाट्नभन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगञ्जले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । सो नगरपालिकामा २ वर्षयता उपसचिव प्रधान तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएको हो ।
फतुवा विजयपुरका निर्वाचित मेयर गोपाल राय यादवले लाल बकैया नदीको नदीजन्य पदार्थ टेन्डरमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दोषी ठहर भई विशेष अदालतबाट समेत दण्ड जरिवाना तोकिएपछि गत वर्ष निलम्वनमा परेका छन । उनको पद गएपछि काग्रेसबाटै निर्वाचित उपमेयर खातुनले कार्यबाहक मेयरको जिम्मेवारी पाउनुभएको छ ।