जीतपुर,
बाराको परवानीपुरमा जारी प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि वीरगन्ज युथ एकेडेमी र बाग्मती युवा क्लब चपुर रौतहटबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनल पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई १—० ले पराजित गर्दै वीरगन्ज युथ क्लबले फाईनलको यात्रा तय गरेको हो भने मंगलबार नै भएको दोश्रो खेलमा बाग्मती युथ क्लब चपुर रौतहटले हेडौडा एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा पुगेको हो । उपाधिका लागि वीरगन्ज युथ एकेडेमी र बाग्मती युुथ क्लब चपुरबीच बुधबार अपरान्ह ३ बजे फाईनल खेल हुने आयोजक समितिका उपाध्यक्ष रबि राजाराम जानकारी दिनुभयो । शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबको संयुक्त आयोजनामा प्रतियोगिताको विजेताले एक लाख रुपैंया, टफी तथा मेडल प्राप्त गर्ने छन् । उपविजेताले ५० हजार सहित मेडल प्राप्त गर्ने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार रुपैया प्राप्त गर्ने छन् ।