दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको बिश्रामपुर गाउँपालिका– ३ स्थित गाउँपालिकाको कार्यालय भवनको पछाडिबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाको टोलीले छ लाख १० हजार रुपैयाँ बराबरको भन्सार छलिएका अवैध सामानसहित एउटा ईलेक्ट्रिक रिक्सा बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले शनीवार राति भारतबाट अबैधरूपमा नेपालतर्फ ल्याउँदै गरिएको प्र.२–०३–००१ स. ४२६९ नम्बरको ई–रिक्सामा लोड गरिएको रेडिमेड कपडा बरामद गरेको हो ।
रिक्सामा अन्दाजी ६ लाख १० हजार रुपैयाँ बराबरका आठ पोका विभिन्न किसिमका रेडिमेड कपडा लोड गरिएको थियो । कपडा तथा ई–रिक्सासहित कुल मूल्य आठ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा लिइएको सशस्त्र प्रहरील जनाएको छ ।
उक्त कपडा तथा ई–रिक्सालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिनुभएको छ ।
















