कलैया,कार्यपालिका सदस्यको निधनमा बाराको बारागढी गाउँपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाका कार्यपालिका सदस्य रामएकवाल हजराको बिहीवार निधन भएपछि शोकमा आइतवार एक दिनको लागि पालिकामा बिदा दिएको हो ।गाउँपालिका अध्यक्ष अशोककुमार जैयसवारले शुक्रवार सूचना निकालेर कार्यपालिका सदस्य हजराको निधनको शोकमा अत्यावश्यक सेवा बाहेक गाउँ कार्यपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा बिदा दिइएको जनाइएको छ ।सूचनामा जनाइएअनुसार वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु र स्वास्थ्य चौकीहरुमा शोक विदा गरिएको हो । गाउँपालिका अध्यक्ष जयसवाद्वारा हस्ताक्षरित सूचनामा एक दिन शोक बिदा र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएर सम्वेदना प्रकट गर्न लागिएको जानकारी गराइएको छ ।

 

Leave a Reply