कृष्ण मोहन साह

सेढवा,पर्साको पर्सागढी नगरपालिकामा किशोरीलाई जिस्क्याएको निहुँमा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । १६ वर्षीया एक किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका– ४ बारवाटाँडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । कुटपिटबाट गत शनिवार घाइते भएका अन्सारीको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । सोही विषयमा वकिल महमद अन्सारी र अली महमद अंसारीबीच गत शनिवार राति झैझगडा हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता डिएपसी दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply