अघिल्लो संसदीय चुनाव ताका मुलुकभर एमाले र माओवादीबची चुनावी तालमेल थियो । त्यत्तिबेलाका दुबै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यक्रममा जानका लागि भ्याइ नभ्याइ थियो । देशका बिभिन्न शहरमा चुनावी सभा भएका थिए अनि प्रचण्ड र ओली दुबैले बाम गठबन्धनका उम्मेदवारलाई सघाउने कुरा गर्दै थिए । उनीहरुले आफूहरुको पार्टी एक नै हुने पनि बताएका थिए ।

उनीहरुले भने जसरी नै पार्टी एक पनि भयो अनि लगभग दुई तिहाइको सरकार पनि बन्यो । तर, यो लामो समय टिक्न सकेन । कसको कमीकमजोरीले हो दुबै पार्टी एक भएको केही वर्षपनि बित्न नपाउदै ठूलै ताण्डव गरेर यिनीहरु आफ्नो बाटो लागिसकेका छन् । हालै सम्पन्न भएको स्थानीय तहको चुनावपछि भने फेरि बाम गठबनधको कुरा आएको छ ।

अब यो कम्युष्टिहरुको गठबन्धन अहिलेका लागि भने संभव नहुने धेरै बाम नेताहरुकै भनाइ छ । तर राजनीतिमा सबै कुरा संभव हुन्छ भन्ने कुरा पछिल्ला केही राजनीतिक घटनाक्रमहरुले स्पष्ट बनाएको छ । त्यसैले पनि बाम गठबन्धनको संभावना छैन नै भन्न चाहि सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here