रौतहट, रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा पुर्पमन्त्री प्रभु साह निर्वाचित हुनुभएको छ ।
एमालेको टिकट परित्याग गरेर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पुर्वमन्त्री साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई पराजित गर्नुभएको हो । स्वतन्त्र उम्मेदवारी दिएका पुर्वमन्त्री साहले ३२ हजार ४ सय ३७ मत पाउनुभयो भने पराजित अर्का स्वतन्त्र उम्मेदवार जययसवालले २५ हजार २ सय मत पाउनुभयो । सो क्षेत्रमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५ सय ५८ मत ल्याउनुभएको छ ।