वीरगञ्ज,बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पीडितहरूका लागि १ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मीको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले शुक्रवार जाजरकोटमै पुगेर भूकम्प पीडितहरूका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रवार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई परवानीपुर गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको टोलीमा सहभागी परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताउनुभयो ।प्राकृतिक विपत्ति भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरा जाजरकोटका भूकम्प पीडितहरूलाई केही राहत होस् भनेर परवानी गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको टोलीमा सहभागी नेकपा एमालेका मधेस प्रदेश सदस्य एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिव उमेश गुप्ताले बताउनुभयो ।गाउँपालिकाबाट आर्थिक सहयोग गर्न जाजरकोट गएको टोलीमा न्यायिक समितिका सदस्य जगदीश साह, जिन्सी शाखा प्रमुख अजय कुशवाहा र योजना शाखा प्रमुख रुपेश मण्डलको पनि सहभागिता थियो ।


















