नेपालको अहिलेको कानुन अनुसार गाँजा खेती वा कारोवार गर्नका लागि प्रतिबन्ध छ ।यो हिसावले पनि हामीले गाँजा खेतीलाई मान्यता दिनपर्छ भनिरहदा यो कानुन विपरितको कुरा पनि होला तर नेपालमा गाँजा खेतीको विषयमा वृहत वहस आवश्यक भइसकेको छ ।बारा जिल्लाको कुरा गर्ने हो भने यहाँ दैनिकजसो नागरिकहरु गाँजा तस्करीको आरोपमा पक्राउ पर्ने र थुनाका जाने क्रम बढेको देखिन्छ ।त्यसो त नेपालको सदनमा कहिलेकाँही यो विषयले प्रवेश पाउने गर्दछ तर राम्रोसंग बहस भएको छैन । केही सांसदले उठाएको यो विषयको वहसले सांसदमा पनि प्राथमिकता पाउनु पर्दछ । बारा र पर्सा तथा मधेसको कुरा गर्ने हो भने केही वर्ष अगाडिसम्म पनि यहाँ अवैध रुपमा ठूलो परिमाणमा गाँजा खेती हुने गर्दथ्यो र यहाँका नागरिकहरुको जीवनस्तर गाँजाले राम्रोसंग उकासेको पनि थियो ।गाँजा खेती यो अर्थमा आवश्यक छ कि जस्तो यसको उत्पादन नेपालमा गर्ने र यसको बिक्रीमा भने नेपालमा प्रतिबन्ध लगाउने तर बिदेश निकासीका लागि खुला गर्ने, मानिसको शरीर नै गाँजाले बन्ने गर्दछ भन्ने केहीको तर्क पनि छ । यो भनेको गाँजा औषधीका लागि आवश्यक छ । देशका लागि आवश्यक पर्ने भए सरकारले नै राख्ने नत्र युरोपमा बिक्री गर्ने यसो गरेको खण्डमा गाँजाबाट नै नेपालीहरुले राम्रो कमाइ गर्न सक्नेछन् र नेपालीहरुको जीवनस्तर पनि परिवर्तन हुनेछ । तर यसको कारोबारलाई गैह्कानुनी भन्दै समान्य मानिसहरुलाई अनाहकमा पक्राउ गरेर थुन्दैमा गाँजा तस्करी भने रोकिनेवाला छैन ।

Leave a Reply