सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकास्थित भागवत यादव स्मृति प्रतिष्ठानद्वारा संचालित सिम्रौनगढ नगर आँखा अस्पतालमा उपचार गर्न आउनु भएका बिरामीहरू तथा स्थानीय बासिन्दालाई नेत्र विशेषज्ञ डाक्टर दिलिपकुमार यादवले हाल भाईरल बनेको आँखा पाक्ने रोगको संक्रमणबाट सुरक्षित रहने उपायको बारेमा जानकारी दिनुभएको छ ।यसको संक्रमणपछि आँखा रातो हुने तथा पोल्ने, चिलाउने, चिपराउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी गराउनुभएको छ । डाक्टर यादवले सुरक्षित रहने उपायको बारेमा सर्वसाधारणलाई जानकारी गराउनु भएको छ ।विगतमा पनि यस्तै किसिमको रोग देखिएको तर अहिले भने यो रोग जटिल अवस्थामा देखिएको चिकित्सक यादवले बताउनुभयो । उहाँले यसबाट बच्न दिनमा कम्तीमा पाँच पटक सफा पानीले आँखा राम्रोसँग पखाल्ने तथा नाङ्गो आँखाले कुनै सभा, समारोह तथा कार्यक्रममा सहभागी नहुँन अनुरोध गर्नुभयो ।यस्तै उहाँले अस्पतालले आवश्यक उपकरण तथा औषधिको अभावका बाबजुद सेवा प्रदान गरिएको बारेमा ध्यानाकर्षण गर्नुभयो । स्थानीय तहले अस्पतालको विकासमा कुनै सहयोग नगरेको डाक्टर यादवको गुनासो छ ।

Leave a Reply