आरके राजन

सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिकाको च्युटाहामा खेतमा बाढी पसेर धानबाली क्षति पु¥याएपछि स्थानीयले सिँचाईको लागि जमुनी नदीमा हालै निर्माण गरिएको पक्की बाँध भत्काएका छन ।अविरल वर्षापछि जमुनी खोलमा आएको बाढी सिँचाई बाँधको कारण खेत र बस्तितर्फ प्रवेश गर्न थालेपछि किसानले मंगलवार बिहान बाँध भत्काएका हुन । बाधँले जमुनी नदीको धार परिवर्तन भएपछि च्युटाहा, बतरा, खजुरिया, भङ्गहा, ईनर्वा, बोहा लगायता गाउँहरुमा सयांै बिघामा लागाइएको धान र अन्यबाली डुबानमा परेको छ । बाढीले दर्जनौं बिघा खेत बगरमा परिणत भएको छ । च्युटाहाबाट पसेको जमुनी नदीको बाढी मंगलवार दिउसोबाट सिम्रौनगढ ईलाकामा पनि प्रवेश गर्न थालेको छ ।स्थानीय किसानलाई सिँचाई सुविधा उपलब्ध गराउन भनेर मधेस प्रदेशका मुख्यमन्त्री एवंम सोही क्षेत्रका प्रदेश सभा सदस्य सरोजकुमार यादवको पहलमा एक साताअघि मात्रै सो बाँधको निर्माण कार्य पूरा भएको थियो ।बाँध निर्माण भएपछि जमुनी नदीले गरेको धार परिवर्तनले स्थानीय कृषकहरुको खेत कटान गर्नुको साथै खेतमा बालुवा थुपार्ने र धानबाली डुबान गर्ने समस्या उत्पन्न भएको थियो । बाँधका कारण किसानले खेतबारीमा लगाएको बालीमा क्षति गरेपछि बाध्य भएर सिँचाई बाँध भत्काउनु परेको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ च्युटाहाका दीनेशप्रसाद पटेलले जानकारी गराउनुभएको छ ।यसैबीचनिजगढस्थित पूर्वश्चिम राजमार्गको बकैया पुलको ड्याम कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि सुरक्षाकर्मीको सहयोगमा निजगढ नगरपालिकाले रोकथाम प्रयास शुरु गरेको छ ।२ दिनदेखिको अवविरल वर्षापछि बकैया खोलामा मंगलवार आएको बाढीले पुल सुरक्षाको लागि सडक विभागले नगरपालिका वडा नम्बर ८ को खयरघारीमा निर्माण गरेको तटबन्ध कटान गरेर बस्तितर्फ पस्ने खतरा बढेपछि नेपाली सेनासहित सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणको प्रयास थालिएको हो ।सुरक्षाकर्मीको टोली परिचालन गरेर बाढी र कटान नियन्त्रणको लागि ड्याममा नाइलुनको जालीमा ढुङ्गा, गिटी, बालुवाको बोरा भरेर रोकथाम प्रयास गरिएको निजगढ नगरपालिकका प्रमुख सुरथ पुरीले बताउनुभयो । उहाँले ज्वाला दल गण कलैया, सशस्त्र र इलाका प्रहरी कार्यालय निजगढको करिव ८०÷९० जनाको सुरक्षाकर्मी टोली बाढीले भत्काएको ड्याम मर्मतमा परिचालन गरिएको पनि जानकारी दिनुभयो । नगर प्रमुख पुरीले बाढी नियन्त्रणको लागि निजगढ नगरपालिका र डिभिजन सडक कार्यालय हेटौडाको एक्साभेटर प्रयोग गरेर नदीको धार परिवर्तनको काम पनि भइरहेको जानकारी दिनुभयो ।बकैयाको पुलदेखि करिव डेढ सय मिटर उत्तरतर्फको ड्याम बाढीले कटान गर्न थालेपछि बस्तिमा बाढी पस्नसक्ने त्रासमा नगरपालिकाले नियन्त्रण कार्य अघि बढाएको हो ।खोलाको मुख्य भङ्गालो ठोक्किएपछि पुल सुरक्षाको लागि सडक विभागले निर्माण गरेको ड्याम कटानमा परेको र स्ल्याब तथा तारजाली भत्किएर बस्तिमा बाढी पस्ने खतरा बढेको छ । नियन्त्रण प्रयास प्रभावकारी रुपमा संचालन हुन नसकेको अवस्थामा सो स्थानबाट बाढी पसेर राजमार्गसहित निजगढको मुख्य बजार क्षेत्रसमेत बगरमा परिणत हुने त्रासमा स्थानीय चिन्तित बनेका छन ।बकैया खोलाको धार परिवर्तन गरेर तटबन्धसहित बस्ति सुरक्षित पार्न निजगढ नगरपालिकाले केही समयअघि गरेको प्रयास सडक कार्यालयको उदासिनताले सफल हुन नसकेपछि निजगढमा बाढीको त्रास बढेको हो ।नदी च्यानलाइज गरेर खोलाको धार पश्चिमतर्फ फर्काउन गरेको प्रस्तावमा सडक कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै काम गर्न नदिएको नगर प्रमुख पुरीले बताउनुभयो । ‘अधिकार क्षेत्रको कुरा गरेर नगरपालिकालाई काम गर्न दिइएन, उसले पनि गरेन, उहाँले भन्नुभयो, अहिले बस्ति र पुल दुबै खतरामा परेको छ ।’राजमार्गको पुलको तलमाथि ५_५ सय मिटर क्षेत्र सडकको अधिकार क्षेत्रभित्र पर्ने र सो क्षेत्रमा अन्य निकायले काम गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।बाढीको अवस्था निरीक्षण गर्न मंगलवार नै निजगढ आइपुग्नुभएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने नगरपालिका र सडक कार्यालयलाई नदी च्यानलाईज गरेर कटान नियन्त्रण निर्देशन दिनुभएको छ ।

 

Leave a Reply