नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले नेपालको प्रधानमन्त्री पदमा आसिन हुनुहुन्छ ।नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पनि हालै सम्पन्न भएको छ । बैठकले माओवादीले विशेष अभियान संचालन गर्ने पनि निर्णय गरेको छ । माओवादी सशस्त्र संघर्षबाट आएको पार्टी भएकाले पनि आम नागरिकहरुले यो पार्टीबाट केही आश पनि गरेका थिए तर शान्ति प्रकृयामा आएको छोटो समयमा नै माओवादीले अन्य संसदीय दलहरुलाई अराजक तथा भ्रष्टचार र गलत गर्नमा उछिनिसकेको छ ।हालै मात्र पनि निकै विवादास्पद र विगतमा माओवादी बिरुद्ध लागेका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गरेपछि भने माओवादीका अध्यक्ष दाहालको कथित सुशासनको कुरा हावादारी साबित भएको छ । त्यसो त दाहालले हाल संचालन गरिररहेको तथाकथित भ्रष्टचार बिरुद्धको अभियानले पनि हावा खाने त निश्चित नै देखिएको छ । यहाँ माओवादीका अध्यक्ष दाहालको बिरोध गर्न खोजिएको होइन तर उहाँमा काम गर्ने मनसाय छैन र जनतालाई झुक्काउनका लागि दाहालले अनेक तिकडमतर्फ मात्रै संकेत गर्न खोजिएको हो ।गरिबीको नाउमा दाहालले माओवादी सशस्त्र संघर्ष संचालन गरेर जनतलाई मुर्ख बनाए अहिले फेरि भ्रष्टचार विरुद्धको अभियानको नाउमा फेरि जनतामा भ्रम फैलाउने कोसिस भइरहेको देखिन्छ । त्यसो त माओवादी कार्यकर्ताहरुलाई पनि बिभिन्न नयाँ कुरा गरेर भुलाउने कोसिस दाहाल लागेको देखिन्छ । जसले जे भनेपनि माओवादीका अध्यक्ष दाहालको योजना सुशासनको नाउमा जनतालाई उल्लु बनाउने नै हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here