जियालाल चौधरी
कोल्हबी,बाराको बारागढी गाउँपालिकाले बिहीवारबाट एक समारोहका बीच ग्यास सिलिन्डर तथा चुलो सेट वितरण कार्यक्रम सुरु गरेको छ ।बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैसवालको अध्यक्षता र प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको पहिलो दिन वडा नं. १ मा ९ सय ४४ थान ग्यास सिलिन्डर तथा चुलो सेट वितरण गरिएको हो । अन्य वडामा पनि ग्यास शिलिण्डर र चुल्हो वितरण गर्ने क्रममा रहेको छ ।ग्यास सिलिन्डर तथा चुलो सेट वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, बारागढी गाउँपालिका वडा न.१ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, वडा न.३ का वडा अध्यक्ष उमेशप्रसाद साह, गाउँपालिका सदस्य रेणु जैसवाल, हिरालाल चौधरी लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।उक्त कार्यक्रममा गाउँपालिकाका सदस्य भगवान चौधरी, धनमन्ती मलाहिन, अमिना देवि, कर्मचारीहरु राजकिशोर चौधरी, उपेन्द्र साह, श्याम महतो लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन अजय चौधरीले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, वडा न.१ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरी, वडा न.३ का वडा अध्यक्ष उमेश प्रसाद साह, गाउँपालिका सदस्य रेणु जैसवाल, हिरालाल चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जैसवालले बारागढी गाउँपालिकालाई धुवामुक्त गाउँपालिका बनाउने लक्ष्य लिइएको बताउनुभयो ।

















