कलैया,कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साहले जिल्लामा रहेका एचआईभी पिडितहरुका लागि स्याहार केन्द्र स्थापना गर्न आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

महिला कानुन र विकाश मञ्चले सोमवार कलैयामा आयोजना गरेको ‘एचआईभी संक्रमितहरुको लागि सामाजिक सुरक्षा सम्बन्धी कार्यविधी २०८२’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख साहले सो कुरा बताउनुभएको हो । उहाँले एचआईभी पीडितहरुको ज्यानको सुरक्षा स्थानीय सरकारले गर्नुपर्ने भएकोले कलैयामा त्यसको लागि केन्द्र स्थापना गर्न आवश्यक सहयोग गरिने बताउनुभएको थियो ।

विभिन्न कारणले प्राणघातक रोग एचआईभी (एड्स) संक्रमित भएकाहरुको उचित उपचार तथा स्याहारका कारण वर्षेनि ज्यान गइरहेकोले त्यसलाई रोकथाम गर्नक्राईसिस रिस्पोन्स सेन्टर (सिआरसी) स्थापना गर्न कलैया उपमहानगरपालिकाले आवश्यक पहल गर्ने नगर प्रमुख साहले बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोजक संस्थाका फिल्ड सुपरभाईजर हुसेन अंसारीले बारा जिल्लामा वार्षिक २० देखि ४० जनासम्म एचआईभी संक्रमितहरुको मृत्यु हुने गरेको जानकारी दिनुभएको थियो ।कार्यक्रममा सो परियोजनाको नेशनल कोअर्डिनेटर सजना अधिकारीले दातृ निकाय तथा स्थानीय तहको सहयोगमा एड्स पीडितहरुलाई नियमित उपचार तथा राहत सहयोग र स्याहर गर्न परियोजना संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रौशन प्रविन, आयोजक संस्थाकी प्रोजेक्ट अफिसर रिता गुरुङ्ग सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो। सोही कार्यक्रमकामा नगर प्रमुख विनोद साह संरक्षक तथा उपप्रमुख रौशन प्रविन संयोजक रहनेगरी ११ सदस्यीय समिति पनि गठन गरिएको छ।

Leave a Reply