कलैया,प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी खर्चको विवरण सार्वजनिक नगर्ने बाराका ७८ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । आयोगले देशभर २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेकोमा बाराका ७८ जना परेका हुन ।तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।बारा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ७८ जनाले जनही १५ हजारका दरले ११ लाख ७० हजार जरिवाना बुझाउनु पर्ने भएको हो ।अब जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ । निर्वाचन खर्चको विवरण ७ सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जरिवाना समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here