वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालको मेडिकल सुपरीडेन्टेण्ट (मेसु) परिवर्तन गरिएको छ । स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालको मेसुमा डाक्टर एनामुल हकलाई नियुक्त गरेको हो । मन्त्रालयले यसअघि काार्यरत निमित्त मेसु डाक्टर चित्तरन्जन साहलाई हटाएर दशौं तहका डाक्टर हकलाई मेसुमा नियुक्त गरेको हो ।
आइतवार मन्त्रालयमा शााखा अधिकृत रामप्रसाद ओलीबाट मेसुको नियुक्ती पत्र बुझेको डाक्टर हकले जानकारी दिनुभयो । काठमाडौंबाट आइतवार साँझसम्म वीरगञ्ज आइपुग्ने र सोमवारदेखि अस्पतालमा पुगेर पदभार ग्रहण गर्ने उहाँले बताउनुभयो । डाक्टर हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी करिब ११ महिना सम्हालिसक्नुभएको छ ।आइतवार मेसुको जिम्मेवारीबाट हटाइएका डाक्टर साहले भने २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए । करिब १५ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुनः वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई मेसुको जिम्मेवारी दिएको हो ।
















