जनकपुरधाम –  धनुषा प्रहरीले सोमबार बिहान लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबैला नगरपालिका १० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी १३ का २७ वर्षीय सञ्जितकुमार राम रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डमा जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज९प ५६९७ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । बरामद पदार्थको तौल गर्दा एक सय ९७ ग्राम ४४० मिलिग्राम रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply