कलैया,नेपाली कांग्रेस बाराले पार्टीका जिल्ला सचिव भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन गर्न माग गर्दै बिहिवार पनि कलैयामा प्रदर्शन गरेको छ ।जिल्ला प्रहरी कार्यालय परिसरमा सोमवार राती काग्रेसका यादव र नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिव धु्रव यादवमाथि कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बनको माग गर्दै प्रदर्शन जारी राखेको हो ।उनीहरुमाथि कारबाही नभएसम्म कांग्रेसले आन्दोलन नरोक्ने पनि जनाएको छ ।प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ । सवारी दुर्घटना सम्बन्धि विषयमा छलफल गर्न पुगेका बेला यादवमाथि कुटपिट भएको भन्दै कांग्रेसले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।प्रहरीले कांग्रेस सचिव यादवलाई कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुव्र्यवहार गरेको भन्दै एकिकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध ¥याली तथा विरोधसभाको आयोजना गरिएको हो ।विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।कलैया–बघवन सडकमा तीन साताअघि पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न पुग्नुभएका कांग्रेस सचिव यादवमाथि प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन’ भनेपछि प्रतिवाद गर्ने क्रममा आफूमाथि कुटपिट भएको सचिव यादवले बताउनुभएको छ ।

















