बरियारपुर,भारतबाट तस्करी गरि नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको ३ लाख मुल्य बराबरको जुत्ता, चप्पल र दुई थान मोटरसाइकल आइतबार मुल भन्सार कार्यालय वीरगन्ज चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराबाट खटेको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १० मा भन्सार छली गरेर नेपालतर्फ ल्याउदै गरेको जुत्ता चप्पल र उक्त समान ओसार्न प्रयोग गरिएको ना ४१ प ३३९५ र प्रदेश न २–०३–०१२४ नम्बरको मोटरसाइकल समेत बरामद गरी भन्सार कार्यलयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । बरामद सामनामा थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा चलान गरिएको बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

बरामद सामनाको मुल्य ३ लाख ४३ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा शिल गरिएको भनिएको सिमा नाकाबाट चोरी तस्करी भने अझै पनि जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here