निजगढ,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ मा स्थानीय एक किसानको खेतमा धान रोपाइँ गरेका छन ।

कार्यकर्ताहरुले श्रमदान गर्नुपर्ने नीति अनुसार सो पार्टीका कार्यकर्ताहरुले स्थानीय रामबहादुर दोङ्गको खेतमा बुधवार धान रोपाइँ गरेका हुन । पार्टीका नेता र कार्यकर्ताले हरेक महिनामा एकदिन श्रममा सहभागी हुनुपर्ने निर्णय अनुसार स्थानीय किसानको खेतमा रोपाइँगरिएको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिनुभयो । पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यलेनेता, कार्यकर्ताहरुलाई श्रममा सहभागी गराइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बारा जिल्ला समितिका सबै सदस्यहरु र निजगढ नगर अन्तर्गत सेल समितिका सदस्यसमेत गरि ४५जना कार्यकर्ताहरुको सहभागिता रहेको सेक्रेटरी विक्रमले जानकारी दिनुभयो ।

जनतालाई स्वाबलम्बी बनाएर आत्मनिर्भर तुल्याउन पनि श्रमदान कार्यक्रम आयोजना गरिएको सेक्रेटरी विक्रमको दाबी छ । पार्टीका नेता कार्यकर्ताहरु आफै श्रममा सहभागी बनेपछि जनता पनि श्रममा प्रेरित हुने र देशको अर्थतन्त्र माथि उकास्न टेवा पुग्ने बताइएको छ ।

Leave a Reply