जीतपुर,पथलैया प्रहरीले म्याजिक भ्यानबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ ।प्रहरीले ना १ ज ७७६६ नम्बरको म्याजिकबाट ७ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको हो ।पथलैयाबाट वीरगन्जतर्फ आउदैँ गरेको सो म्याजिक भ्यानमा शंका लागेर जीतपुरसिमरा–१ पथलैयाबाट खटिएको प्रहरीको चेकिङ टोलीले चेकँजाँच गर्ने क्रममा सो अवैध घरेलु मदिरा फेला परेको थियो ।चिकिङ्गकै क्रममा भ्यानमा प्लाष्टिकको ३८ पोकामा ७ सय ५० लिटर घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २१ बस्ने २४ वर्षीय मुन्नाप्रसाद यादवलाई समेत पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Leave a Reply