कलैया,जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको लागि मंगलवारदेखि थप सेवा प्रवाह शुरु गरेको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले एउटा प्रेस विज्ञप्तिमार्फत सेवा सहज तुल्याइएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म कायम रहनेछजनाइएको छ ।त्यसैगरी राष्ट्रिय परियचपत्रको कार्ड वितरण सम्बन्धी सेवा प्रत्येक हप्ताको बिहीवार र शुक्रवार मात्र प्रवाह हुने पनि विज्ञप्तिमा जनाइएको छ।विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप सेवा प्रवाह गरिएको सहायक प्रजिअ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply